सुदूरपश्चिममा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धनका दलहरूले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका एक एक जनाले उम्मेदवार दिएका हुन् ।

उम्मेदवारहरूले मंगलबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्  । प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायणदत्त मिश्र, दलिततर्फबाट माओवादी केन्द्रका डडेल्धुराका जगत पार्की र  नेकपा एकीकृत समाजवादीका तर्फबाट महिलामा कैलालाकी गरिमा शाहले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *