शिक्षक कर्मचारीका रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्न त्रिवि तयार 

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षक र कर्मचारीका रिक्त दरबन्दीमा तत्काल विज्ञापन खोल्न सहमत भएको छ  । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुसँगको वार्तामा त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता समिति विश्वविद्यालयको रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने सहमति भएको हो ।

वार्तामा हरेक ६/६महिनामा शिक्षक र कर्मचारीको खुला विज्ञापन गर्ने सहमति पनि भएको छ । यससँगै मंसिर १६ गतेदेखि अनेरास्ववियुले विश्वविद्यालयका पदाधिकारीको कार्यालयमा लगाएको ताला खोल्ने सहमति पनि भएको अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

मंगलबार त्रिविसँग ताला खोल्नेसहित ५ बुँदे सहमति भएको र त्रिवि आउँदो फागुन १४ गते  स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न सकारात्मक भएको हाे ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत साउन १८ गते स्थगित गरेको उपप्राध्यापक पदको विज्ञापनको कार्यतालिका यथाशीघ्र प्रकाशन गर्ने पनि सहमति भएकाे पनि उनले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *