राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा एमाले उम्मेदवारहरूले गरे मनोनयन दर्ता

धनगढी। राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेका नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले उम्मेदवारहरूले  मनोनयन दर्ता गराएका हुन् ।

एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन् ।  सत्ता गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका उम्मेदवार पनि मनोनयन दर्ताको तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *