लोकसेवा आयोगका पदाधिकारीलाई वरीयताकाे चिन्ता

विराटनगर । सातै प्रदेशका लोकसेवा आयोगका आयुक्तहरूले वरीयतामा असन्तुष्टि व्यक्त गरेका छन् । लोकसेवा आयोग प्रदेश नम्बर २ का अध्यक्ष सुरेन्द्रप्रसाद यादवले लोकसेवा आयोगका पदाधिकारीको वरीयतामा आफ्नो असन्तुष्टि रहेको बताए । सरकारले तोकेकोमा मर्यादाक्रममा आफ्नो असन्तुष्टि रहेको बताउँदै उनले आपत्ति जनाए ।

प्रदेश १ लोकसेवा आयोगको आयोजनामा दोस्रो अन्तरप्रदेश लोक सेवा आयोगको कार्यशाला गोष्ठीमा बोल्ने आयोगका आयुक्तहरूले वरीयताकाे प्रश्न उठाएका हुन् । वरीयताकाे समस्याले काम गर्ने वातावरण नभएको पनि उनीहरूले बताएका छन् ।

बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सरकारको मर्यादाक्रमले अप्ठेरो पारेको बताए । मर्यादाक्रममा सहसचिवसरह राख्नुले काम गर्ने वातावरण नभएको उनले बताए । ‘सरकारले लोकसेवा आयोगका आयुक्तको मर्यादाक्रममा अप्ठेरो पारेको छ,’ उनले भने, ‘पाँच वर्ष सचिवमा काम गरेर आएका हामीलाई अहिले सह सचिवको मर्यादामा राख्नु दुखद् रहेको छ ।’

४१३ वटा स्थानीय तहको नाम तोकेर ६ महिनासम्मका कर्मचारी नियुक्त गर्नुपर्दा स्वीकृति लिएर गर्न भनेको भएपनि अझै कर्मचारी करारमा राख्ने क्रम नरोकिएको र बेरूजु देखिने गरेको उनले बताए । सबैभन्दा बढी पीडा बागमती प्रदेशले भोग्दै आएको श्रेष्ठले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *