राष्ट्रिय सभाकाे चुनाव बागमती र प्रदेश १ मा सहजै एमालेले जित्छ : उपमहासचिव गुरुङ

विराटनगर । नेकपा एममालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने दाबी गरेका छन् ।  विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरूङले दुई प्रदेशमा जित्ने दाबी गरेका हुन् ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका गुरूङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भएपनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएपनि बागमती र प्रदेश १ मा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए । उनले एमाले एक्लो देखिएपनि विचार मिल्नेसँग सहकार्य गर्न सकिने बताए ।

एमालेले प्रदेश १ मा एमाले देवराज घिमिरे, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाको नाम राष्ट्रिय सभा सदस्यको लागि सार्वजनिक गरेकाे छ । पत्रकार सम्मेलनमा एमसीसीको बारेमा गठबन्धन भौतारिएको गुरूङको भनाइ छ ।

अहिलेको प्रतिगामी गठबन्धनले एमसीसी पास गर्न खोजे त्यो एमालेको प्राथमिकतामा नपर्ने बताए । खर्बौको बजेट चलाउने सरबारको लागि ५०-५५ अर्बको लागि अहिले नै एमसीसी आवश्यक नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *