कोइराला परिवारमा शोक, कृष्णप्रसादका नातिको निधन

काठमाडौँ । तारिणीप्रसाद कोइरालाका छोरा ज्योतिको निधन भएको छ । क्यान्सर भएका उनले गएराति निधन भएको जानकारी डा. शशांक कोइराला स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ज्योति कृष्णप्रसाद कोइरालाका नाति हुन् ।

कृष्णप्रसादका मातृका, बिपी, केशव, गिरिजा र तारिणी कोइराला छोराहरू हुन् । अरू दाजुभाइका सन्तान राजनीतिमा भए पनि तारिणी र उनका सन्तान भने राजनीतिमा सक्रिय भएनन् ।

तारिणी लेखक तथा पत्रकारका रूपमा चर्चित छन् । स्वर्गीय ज्योतिका दुई छोरी छन् । कोइरालाको आइतबार बिहान पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिमा कोइराला परिवारका डा. शेखर कोइराला, डा शशांक कोइराला, मनीषा कोइराला, प्रकाश कोइराला, कमल कोइराला तथा कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेता एवम् कार्यकर्ताहरूको सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *