एसएसपी यादव मृत्यु प्रकरण : न्यायिक आयोग गठन गर्न श्रीमतीको माग

काठमाडौँ । वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत्यु घटनाको छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरिएको छ । सरकारी क्वार्टरमै आत्महत्या गरेको भनिएका उनको मृत्युबारे छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरिएको हो ।

मृतक एसएसपी यादवकी श्रीमती रुपम कुमारी यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी माग गरेकी हुन् । एसएसपी यादवले पुस ११ गते संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कार्यरत थिए । उनी सरकारी क्वार्टरमा आत्महत्या गरेको भनिएको छ । यद्यपि प्रहरीले त्यसको छानबिन गरिरहेको छ ।

एसएसपी यादवको मृत्युलाई पारिवारिक कारण हुनसक्ने भनिएप्रति उनकी श्रीमतीले आपत्ति जनाएकी छन् । यादवको मृत्युमा पारिवारिक कारण हुन सक्ने संकेत गरेकोमा के को आधार त्यसो भनिएको हो भन्दै उनले त्यसको जवाफ पनि माग गरेकी हुन् । उनले पारिवारिक वातावरण सामान्य र सौहार्दपूर्ण रहेको जानकारी समेत दिएका छन् ।

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *