मनाङद्वारा ब्रिगेड पराजित, मच्छिन्द्रले एएफसी कपको छनोटमा खेल्ने

काठमाडौँ ।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै शीर्ष स्थानमा फर्किएको छ। जितसँगै मनाङले एएफसी कपको सम्भावना पनि कायमै राखेको छ। एएफसी कपको क्वालिफाययर्समा जानका लागि अब मनाङले मच्छिन्द्रको हारको कामना गर्नुपर्ने छ।

मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा ब्रिगेड ब्याइजलाई १-०ले पराजित गर्दै मनाङले महत्त्वपूर्ण तीन अंक हासिल गर्‍यो। पहिलो हाफमा दुवै टिमले फितलो प्रदर्शन गर्दै गतिलो मुभ बनाउन सकेनन्। ब्रिगेडले पहिलो हाफमा नै मनाङविरुद्ध पेनाल्टीको मौका चुकाउँदा सम्भावित अग्रता गुमाएको थियो।

खेलको १६ औँ मिनेटमा मनाङका आदित्य चौधरीले शिशिर लेखीलाई लडाएपछि ब्रिगेडले पेनाल्टी पाएको थियो। जसमा लेखीले नै गरेको प्रहार आकासिन पुग्दा मनाङ भाग्यमानी रह्यो। खेलमा मनाङले दबाब बढाए पनि राम्रो अवसर भने सिर्जना गर्न सकेन। खेलमा पटक कायम राख्दै पहिलो हाफमा अग्रता बनाउने क्रममा भने अञ्जन विष्ट सफल रहे।

दोस्रो हाफमा पनि मनाङले आक्रामक खेल खेले पनि गोल थप्न असफल भयो। ब्रिगेडले पनि गतिलो मौका बनाएन। जसका कारण पहिलो हाफको १(० को अग्रता नै निर्णायक बन्यो। जितपछि मनाङ सात खेलमा पाँच जित, एक बराबरी र एक हारका साथ १६ अंक बनाउँदै लिगको शीर्ष स्थानमा फर्किएको छ। अब उसलाई एएफसी कप क्वालिफायर्समा स्थान बनाउन मच्छिन्द्रको हार या बराबरीको प्रतीक्षा गर्नुपर्ने छ। मनाङको लिगमा १६ अंक भएको छ।

एक खेल कम खेलेको मच्छिन्द्रको १४ अंक छ। लिगको यो चरणमा शीर्ष स्थानमा रहने टीमले एएफसी कप खेल्ने छ। मनाङसँगको हारपछि ब्रिगेड ब्वाइजको सात खेलमा ५ अंकका साथ १२ औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *