सुदूरपश्चिमका तीन जिल्लामा भोलि सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा हुने भएको । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेश सरकारले पुस १८ गते आइतबार भुवा पर्वको अवसरमा अछाम, बाजुरा र बझाङमा बिदा दिइएको हो ।

प्रदेशका यी तीन जिल्लामा दमाहा बाजाको तालमा सेतो जामा पगरीसहित एक हातमा ढाल र अर्को हातमा तरबार समातेर भुवा नाच्ने गरिन्छ । भुवा पर्व हरेक वर्ष पुस औँसीबाट शुरू हुन्छ ।

द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि निकालिएको जुलुसमा तरबार र ढाल नचाउँदै खुसीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा नाच्ने चलन रहेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *