प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्छौँ : मुख्यमन्त्री राई

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने बताएका छन् । शनिबार टुँडिखेलमा आयोजित साकेला विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश १ मा किराँत राईहरूको हक दाबी लाग्छ । त्यसैले प्रदेश १ को नाम किराँत प्रदेश राख्नुपर्छ ।’

मुख्यमन्त्री राईले किराँत कुनै जात विशेष विषय नरहेको दाबी गरे । ‘किराँत कुनै जात विशेष विषय/सन्दर्भ होइन, यो समग्र नेपालको सभ्यता हो ।’, उनले भने ।

मुख्यमन्त्री राईले शुक्रबार जन्मिने मान्छेको नाम शुक्रे र आइतबार जन्मिने मान्छेको नाम आइते भएजस्तै प्रदेश १ को मूलबासी किराँत भएकोले नै त्यसको नाम किराँत हुने बताए ।

 ‘किराँत प्रदेशको बहुपहिचानको पक्षमा छु । म किराँत प्रदेशको पक्षमा छु’, मुख्यमन्त्री राईले भने, ‘म भूमिको कसम खान तयार छु, म मेरो दललाई किराँत प्रदेशको पक्षमा उभ्याउँछु ।’ उनले किराँत समुदायका सदस्यहरूलाई ‘किराँत प्रदेश’ को पक्षमा उभिन आह्वान गरे ।

प्रतिक्रिया

3 thoughts on “प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्छौँ : मुख्यमन्त्री राई

  1. Kirat parses name rakhnu ma kunai dubidha chhaina kina bhane kirati ko thalo ho basasthan ho bhojpur tesai le kirat pardes name raknu ma sara nepali le suikarne6

  2. सेवा सबैमा, कुरा जायज छ, समर्थन धेरै छ तर राई, लिम्बू, सुनुवार, याक्खावाहरु सबै किराँती हुन र किराँत कै सन्तान हाे भनेर ठाेकुवाका साथ यस बारे प्रचार प्रसार व्यापक गर्ने साथै याे बारे समिती नै बनाएर सबैजना समेटिने टिम हाेस।तब अझ जागरुक हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *