भेडेटारमा तीनदिने परिकार महोत्सव

विराटनगर । प्रदेश १ को पर्यटकीय क्षेत्रको रूपमा स्थापित भेडेटारमा तीनदिने खानाका परिकार महोत्सव शुरुभएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजित परिकार महोत्सवलाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने माध्यमको रूपमा लिइएको आयोजकले जनाएको छ ।

महोत्सवमा दुई दर्जनभन्दा बढी स्थानीय खानाका परिकार, स्थानीय अर्ग्यानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी राखिएका छन् । त्यस्तै स्थानीय हस्तकला, कृषि तथा घरेलु सामग्री प्रदर्शनीमा राखिएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा नेपाल टुरिजम बोर्डको प्रवर्द्धन र साँगुरीगढी गाउँपालिकाको सहयोगमा खाना महोत्सव आयोजना भएको हो ।

महोत्सवले भेडेटारको पर्यटन प्रवर्धनमा समेत थप टेवा पुग्ने आयोजकको दाबी छ । शुक्रबारदेखि शुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ । खाना महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले भेडेटारको विकासका लागि विशेष योजना ल्याउने आश्वासन दिएका छन् । मन्त्री कार्कीले प्रदेशको मुख्य पर्यटकीय केन्द्र रहेको भेडेटारलाई विकास गर्न प्रदेश सरकारले विशेष योजना ल्याउन लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *