प्याब्सन काठमाडौँको नेतृत्व चयनका लागि मतदान शुरू

काठमाडौँ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)को काठमाडौँ जिल्ला कमिटीको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । यसअघि स्थगित भएको निर्वाचन प्रक्रिया आज शुरू भएको हो ।

गत पौष ३ गते भएको जिल्ला अधिवेशनपछि नेतृत्व चयनमामा विवाद हुँदा निर्वाचन प्रक्रिया नै रोकिएको थियो । विवादास्पद बुँदाहरूमा सहमति भएपछि आज निर्वाचन हुन लागेको प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

आज हुने निर्वाचनमा अध्यक्ष पदका लागि २ जना, उपाध्यक्ष महिलासहित ३ पदको लागि ७ जना, सचिव १ पदको लागि २ जना गरी १२ जना पदाधिकारीमा २८ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा २ वटा समूहबाट र केही स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन् ।

जिल्ला कमिटी सदस्यहरू भने यस अघि नै सर्वसम्मत निर्वाचित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सदस्यहरूमा खुल्ला तर्फ ९ जना र  जिल्ला भित्रका हरेक पालिकाबाट १/१ जना रहने व्यवस्था छ ।

प्याब्सन केन्द्रीय अधिवेशनको लागि काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरू पनि पौष ३ गतेको जिल्ला अधिवेशनबाट सर्वसम्मत भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *