तमु ल्होसारको शुभकामना

धर्म संस्कृति राष्ट्रका सम्पत्ति र धरोहर हुन् : डा शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धर्म, संस्कृति राष्ट्रका सम्पत्ति र धरोहर भएको बताएका छन् । तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धर्म, संस्कृति, परम्परा र जातीय पहिचान राष्ट्रका सम्पत्ति र धरोहर हुन् । तमु समुदायको पवित्र र महान् पर्व ‘तमु ल्होसार’को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् । सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *