ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको अबसरमा कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरूमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ ।

बैङ्कले वार्षिकोत्सवको मौका पारेर आफ्ना आदरणीय ग्राहकहरूलाई आजबाट माघ १५ सम्म ९१ महिना०का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने भएको हो ।

यसका साथै, वार्षिकोत्सवकै अवसर ग्राहकहरूलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ पहिलो पटकको क्युआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा रु.३०० सम्म क्यासब्याक प्रदान गर्ने बैङ्कले जनाएको छ ।

पौष १७ गते देखि लागु हुने क्यासब्याक योजना सीमित अवधिका लागि रहने बैङ्कले जनाएको छ ।

ग्लोबल आइएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा बैङ्कको २८७ शाखा, २५२ एटिएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *