प्रचण्डले दिए तमु ल्होसारको शुभकामना

काठमाडौँ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारको शुभकामना दिएका छन् । बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशविदेशमा रहेका सबै नेपालीहरूलाई सु-स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएको भन्दै उनले नेपाली समाजको यही विविधता विश्व समुदायका लागि एक सामाजिक सद्भावको प्रेरणादायी सन्देश रहेको उल्लेख गरेका छन् ।

देशका लागि भाषा, संस्कृति, भेषभूषा र संस्कार सभ्यताका आधार स्तम्भ भएकोले यिनको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *