सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
२०७८ पुस १४ गते

काठमाडौँ । पर्यटन बोडृका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
पर्यटन बोर्डले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेपछि उक्त निर्णय गैरकानुनी भएकाे भन्दै रेग्मीले बाेर्डकाे निर्णय विरूद्ध सर्वाेच्चमा रिट निवेदन दायर गरेका थिए ।
न्याधीश दीपकुमार कार्कीको इजलाशले निलम्बनको निर्णय कार्यान्वयन गगर्न अल्पकालिन आदेश दिँदै बोर्ड र रेग्मी दुबै पक्षलाई छलफलका लागि माघ ३ गते बोलाएको छ ।
बाेर्डले भने रेग्मीले पदीय मर्यादाविपरीत विदेश यात्राबाट फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीसँग व्यवहार गरेकाे भन्दै निलम्बन गरी घटनाबारे छानविन गर्ने निर्णय गरेकाे थियाे ।
२०७८ पुस १४ गते
प्रतिक्रिया









