तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले पुस १५ गते तमू ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले बुधबार एक सूचना जारी गरी देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

‘वि.सं. २०७८ साल पुस १५ गते बिहीबारका दिन तमू ल्होसारको अवसरमा सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚’ सूचनामा भनिएको छ ।

गुरुङ समुदायमा नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाउने परम्परा रही आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *