सानिमा बैंकको सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना

काठमाडौँ । नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘सानिमा सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो ई–बैकिङ मार्फत् कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सकिने जनाएको छ ।

बैंकका अनुसार मोबाइल एप निर्माता एफ वन सफ्टसँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछ्न् ।

त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकले प्रत्येक दिन रु १०० क्यासब्याक पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस योजनामा सहभागी हुन ग्राहकले सानिमा बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्ने जनाएको छ ।

यो योजना जनवरी १ देखि मार्च ३१, २०२२ सम्म लागू हुने बैंकको भनाई छ । सानिमा बैंककोे मोबाइल बैकिङ्ग एप् पेले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सकिने साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *