पेस्तोलसहित दुई भारतीय सुनसरीबाट पक्राउ

विराटनगर । सुनसरीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । कोशी गाउँपालिका-१ बाट पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बीएस होटलबाट भारत विहार अररियाका ३५ वर्षीय विद्यानन्द राम र २४ वर्षीय हासिम अन्सारीलाई दुई थान पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल दुई थान, म्याग्जिन ४ थान, गोली ३ राउन्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट मोबाइल १ थान, भारतीय नम्बरको मोटरसाइकल र भारतीय दुई हजार रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । पेस्तोलसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *