जुम्लामा एक पुरुष मृत भेटिए

सुर्खेत । जुम्लाको चन्दननाथ नगरपालिका-१ का स्थानीय चेते कुलाल मृत भेटिएका छन् । स्थानीय ओडारमा बस्दै आएका कुलाल आज बिहान साढे ८ बजेको समयमा मृत भेटिएका हुन् ।

उनी नेकपा एमाले जुम्लाको पार्टी कार्यालय नजिकै ओडारमा बस्दै आएका थिए । एमाले पार्टी कार्यालयको नयाँ बन्दै गरेको भवनमा निधार, मुख र टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

बिहान साढे ८ बजे कुलाल मृत अवस्थामा भेटिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । प्रहरीका अनुसार मृत फेला परेका पुरुष ५६ वर्षीय चेते कुलाल सडकमा मागेर खाने र उक्त ओडारमा गएर बस्ने गर्थे ।

प्रहरीललाई स्थानीयले खबर प्रश्चाप प्रहरीको अनुसन्धान अधिकृतसहित सात जनाको टोलीले कुलालको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शवगृहमा पोस्टमार्टमका लागि लगिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *