दुई ईन्जिनियरको निधनप्रति ईन्जिनियर्स एशोसिएसनद्वारा दुःख व्यक्त

परिवारलाई क्षतिपूर्ति र उचित सहयोगको माग

काठमाडौँ । सोलुखोला दूधकोसी आयोजनाको पाइप लाइनमा पानीको प्रेसर जाँच गर्ने क्रममा विस्फोट हुँदा दुई ईन्जिनियरको निधन भएकोप्रति ईन्जिनियर्स एशोसिएसनले दुःख व्यक्त गरेको छ ।

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको उक्त आयोजामा जडान गरिएको पाइपमा पानीको प्रेसर जाँच गर्ने क्रममा विफोट हुँदा ११ पुस दिउँसो ३ बजे ईन्जिनियर सुवासराज रेग्मी र अर्जुन थापाको निधन भएको थियो ।

एशोसिएसनका अध्यक्ष ईन्जिनियर प्राडा त्रिरत्न बज्राचार्य र महासचिव छविराज पोखरेलले विज्ञप्ती जारी गरी उक्त घटना र मृतकप्रति दुःख व्यक्त गरेका हुन् ।
एशोसिएसनले उक्त आयोजनाको प्रवर्द्धक तथा व्यवस्थापनसँग दिगंगत ईन्जिनियरका परिवारलाई उचित क्षतिपूर्ति र सहयोग उपलब्ध गराउन समेत माग गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =