सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि

काठमाडाैँ । नेपाली सेफ सन्तोष साहले बीबीसी​ मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि हात पारेका छन् । बीबीसी वानमा गएराति प्रसारण भएको फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै सो उपाधि हात पारेका हुन् ।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई फेरि मौका दिँदै प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिस्ट जेमी पार्क थिए ।

प्रतिस्पर्धाका क्रममा सिराहाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तिते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडाको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार बनाएका थिए ।

बीबीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेपछि सन्तोषको चर्चा चुलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *