मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौँ । मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ ।

पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पुर्‍याउन सकिएको जानकारी दिए ।

आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *