बाँकी १६ जिल्लामा कांग्रेसले पुस २७ गते निर्वाचन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७ गते निर्वाचन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको सोमबारको बैठकले यस्तो निर्णय गरेको निर्वाचन समितिले जनाएको छ ।

सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम, नवलपुरलगायत १६ जिल्लामा जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *