मेरो वरियता कार्यकर्ताले दिएको मत हो : डा. कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना कार्यकर्ता दिएको वरियता नै आफ्नो नम्बर भएको बताएका छन् । पार्टी समितिबाट भएको निर्णयबारे तोकिएको वरियतामा असन्तुष्ट देखिएका कोइरालाले आफूलाई प्राप्त १८ सय ५५ मत नै आफ्नो वरियता भएको बताए ।

नेता कोइरालाले आफू पार्टीको वरियातामा २० औँ नम्बरमा भए पनि आफूले प्राप्त गरेको १८ सय ५५ मत नै आफ्नो वरियाता रहेको उनले भनाइ छ । १४औँ महाधिवेशनपछि गृहनगर विराटनगर फर्कने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले पारिवारिक समस्या नै हार व्यहोर्नुको कारण भएको बताए ।

परिवारभित्रकै भाइ, बहिनी र नेताहरूलाई मिलाएर लान नसकेकाले आफूले गणितीय हार व्यहोर्नुपरेको बताए । ‘मैले भाइ, बहिनी र मेरै नेताको चित्त बुझाउन सकिनँ,’ कोइरालाले भने, ‘चित्त बुझाउन नसक्नु नै मेरो कमजोरी थियो ।’

पार्टी सभापतिमा शेरबहादुर देउवाबाट पराजय व्यहोरेका कोइरालाले पार्टीमा हिजोको भन्दा भूमिका बढी हुने बताए ।

‘पार्टीभित्रको हिजो केन्द्रीय सदस्य भएको भन्दा भूमिका अझ बढ्नेछ,’ उनले भने, ‘पार्टीको कामसँगै अब तीन तहको निर्वाचनमा केन्द्रित हुन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *