निर्मला-नन्कुन्नीको हत्यामा सरकारकै संलग्नता हो कि भन्ने शंका उब्जियो : बाबुराम

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्या प्रकरणको सत्य/तथ्य बाहिर नआउँदा सरकारप्रति शङ्का उब्जिएको बताएका छन् ।

सोमबार निर्मला र नन्कुन्नीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत व्यक्तिलाई भेट्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।

निर्मला र नन्कुन्नी हत्याको घटनाको सत्य/तथ्य बाहिर नआउनुले त्याे घटना सरकारकै मिलेमतोमा भएको भन्ने शङ्का उब्जिएको भन्दै उनले अपराधीलाई कडा कारबाही गर्नुपर्ने बताए ।

उनले घटनाको न्यायपूर्ण छानबिन हुन नसक्नुले यसलाई झन् शङ्कास्पद बनाएको बताए ।

निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गतमङ्सिर ९ गतेदेखि केही मानिसहरू माइतीघर मण्डलामा अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *