भाडावालसँग बढी महसुल लिने घरमा बिजुलीकाे लाइन काटिने

काठमाडौँ । भाडावाल ग्राहकसँग बिजुलीको बढी महशुल असुल्ने घरको बिजुलीकाे लाइन अब काटिने भएको छ ।

नेपाल विद्युत् प्राकिरणले २९ मंसिरमा संशोधन गरेको विद्युत् महसुल संकलन निमायमावलीमा बढी महसुल असुलेको पाइए लाइन काट्न सक्ने व्यवस्था उल्लेख गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले मकालु खबरलाई  बताए ।

‘२९ मंसिरमा विनियमावली संशोधन गर्दै प्राधिकरणले तोकेको भन्दा बढी महसुल लिने घरधनीको लाइन काट्न सकिने व्यवस्था गरिएको छ,’ उनले भने, ‘बढी महसुल लिने घरधनीविरुद्ध भाडावाल ग्राहकले प्राधिकरणमा उजुरी गर्न सक्नेछन् । उक्त उजुरी अनुसार बढी महशुल लिएको पुष्टि भए त्यस्ता घरधनीको लाइन काट्न सकिने छ ।’

याे पनि : भाडावालबाट बिजुलीमा वार्षिक ७२ करोड बढी असुल्छन् काठमाडौँका घरधनी 

उनका अनुसार त्यसरी बढी महसुल लिएको पाइए पहिला त्यस्ता घरधनीलाई बोलाएर छलफल गर्ने र अर्को महिनाको बिलमा समेत अटेरी गरे त्यपछि लाइन काटेर विद्युत् सेवा अवरुद्ध पार्न सकिने व्यवस्था विनियमानवलीले गरेको हो ।

याे पनि : अब भाडामा बस्नेले पनि बिजुलीको छुट्टै मिटर पाउने 

प्राधिकरणको विद्युत् प्रयोग गरेबापत अधिकतम ११ रुपैयाँप्रतियुनिट बिजुली महसुल र २५० रुपैयाँसम्म सेवाशुल्क लिने व्यवस्था छ । तर, घरधनीले भने भाडावाल उपभोक्तासँग प्रतियुनिट १५ रुपैयाँदेखि २५ रुपैयाँसम्म पनि असुल गरिरहेका भाडावाल उपभोक्ता बताउँछन् ।

यस्तो अवस्थालाई रोक्ने प्राधिकरणले भाडावाल ग्राहकलाई पनि उनीहरुकै नाममा छुट्टै मिटर दिने व्यवस्था गर्न लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *