नेपाल प्रहरीद्वारा नेपाली रहेका अन्य देशमा प्रहरी युनिट राख्न प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरीले रोजगारीका र अध्ययनका लागि धेरै नेपाली रहेका देशहरूमा प्रहरीको युनिट राख्न प्रस्ताव गरेको छ ।

धेरै नेपाली रहेका देशहरु कतार, साउदी अरब, चीन, बंगलादेश, यूएई र संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधिको कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा प्रहरीको युनिट राख्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई प्रस्ताव गरिएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए ।

यो व्यवस्था लागू हुन सकेमा अपराध अनुसन्धान रअपराधसम्बन्धी सूचना आदानप्रदान गर्न सहज हुने पनि उनले बताए । यसले विदेशमा लुकेर अपराध गर्ने क्रम कम गर्न मद्दत पुग्ने प्रहरीको विश्वास छ ।

यी देशमा प्रहरी युनिट राख्न सके त्यहाँ लुकेर अपराधमा संलग्न हुने अपराधीलाई नेपाल ल्याउन पनि सहज हुने विश्वास गरिएको प्रहरीले जनाएको छ ।

अहिले भारतमा मात्र नेपाल प्रहरीका सहचारी राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *