कैलालीमा दुई सय मिटरको दूरीमा किशोर किशोरी मृत भेटिए

काठमाडौँ । कैलालीमा झण्डै दुई सय मिटरको दूरीमा एक किशोर र एक किशोरी मृत भेटिएका छन् । गौरीगङ्गा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय १६ वर्षीया सन्जु र सोही ठाउँका १९ वर्षीय मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले मकालुखबरलाई बताए ।  ।

सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।  भने त्यसको करिब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको (डीएसपी) जोशीले बताए । डीएसपी जोशीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *