निर्वाचनको अप्ठ्यारो टार्न महाधिवेशन गरिएको होइन : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मा‌ओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आफूहरूले निर्वाचनको अप्ठ्यारो टार्नमात्र महाधिवेशन नगरेको भन्दै महाधिवेशन नयाँ विचारको थालनी भएको बताएका छन् ।

आइतबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित माओवादी केन्द्रको महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले निर्वाचनको अष्ठ्यारो टार्नका लागि मात्र महाधिवेशन नगरेको बताएका हुन् ।

‘हामीले निर्वाचनको अप्ठ्यारो टार्नमात्रै महाधिवेशन गर्न खोजेको होइन । हाम्रो पार्टी कोहीसामु नझुक्ने नीतिका साथ अगाडि बढ्दैछ । राजनीतिक उपलब्धिको रुपमा लोकतन्त्रलाई आधार बनाएर यसैलाई लोकतन्त्र सुदृढ बनाउन सक्नुपर्छ‚’ उनले भने‚ ‘संक्रमणकालीन मुद्दाका विषय जुट्नुपर्ने भएको छ । अहिले पनि हाम्रो आवश्यकता खड्किएको छ । पहिले पनि भएको थियो, अब फेरि हाम्रो आवश्यकता खड्किएको छ ।’

कमीकमजोरीको सच्याउँदै अगाडि बढ्नुपर्ने भन्दै नेता श्रेष्ठले समाजवादको आधार तय गर्नुपर्ने बताए ।

‘संघीयता, धर्मनिरपेक्षताका विषयमा हामीले एजेन्डा उठायौँ । हाम्रो जिम्मेवारी धेरै छन् । यो बोध हामीलाई हुन्छ । पार्टीका बीचमा छलफल भइरहेका छन् । पारदर्शी र स्वच्छ रूपमा पार्टीलाई अगाडि लाने भनेका छौँ । हामी हरखाले भ्रष्टीकरणका बारेमा आत्मसमीक्षा गरेर अगाडि जानेछौँ‚’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *