नेपाली कामदार लैजान सेसेल्स इच्छुक, श्रम सम्झौताको तयारी

काठमाडौँ । नेपालबाट कामदार लैजान अफ्रिकी मुलुक गणतन्त्र सेसेल्सले इच्छा देखाएको छ । यसका लागि श्रम सम्झौता गर्न समेत ऊ इच्छुक देखिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आइतबार शिष्टाचार भेट गरी यस्तो इच्छा व्यक्त गरेका हुन् ।
श्रम मन्त्रालयमा भएको भेटमा भेटमा नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो ।
रोजगारीका लागि नेपाली कामदार लैजान सेसेल्सले तयार गरेर नेपाल सरकारसँग पेश गरेको गरेको श्रम सम्झौताका विाषयमा समेत छलफल भएको थियो । खास गरी सेसेसले नेपाली सुरक्षा गार्डका लागि नेपाली कामदार लैजान इच्छा देखाउँदै आएको थियो ।
श्रम मन्त्री श्रेष्ठले भने मन्त्री श्रेष्ठले सुरक्षासहित अन्य क्षेत्रमा पनि रोजगार गर्न पाउने व्यवस्था गरी सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।
रोजगारीका क्षेत्र, कामदार छनोट प्रक्रिया, स्वदेश फिर्तीलगायत विषयमा दुबै देशका उच्च अधिकारीलाई समावेश गरी संयुक्त समिति बनाउने र त्यही समितिमार्फत श्रम सम्झौताको मस्यौदालाई टुंगोमा पुर्याउनु पर्ने मन्त्री श्रेष्ठले राजदूत श्रेष्ठसँग बताएका छन् ।
जवाफमा राजदूत पिल्लेले सुरक्षा गार्डबाहेका अन्य क्षेत्रमा पनि कामदार लैजाने बताएका छन् ।
खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिए ।
मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका लागी राजदूत पिल्लेले आमन्त्रणसमेत गरेका छन् ।









