मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०७८ पुस ११ गते

उदयपुर । उदयपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१ का २५ वर्षीय गंगाराम चौधरी छन् ।
आइतबार बिहान ९ बजे चौदण्डीगढी–५ भित्री सडक खण्डमा प्रदेश १–०२–००१ क ३८९६ नम्बर को टिपरलाई स.१० प ८७९८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा टिपरसँग ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार मृतककी श्रीमती २४ वर्षिया संगिता चौधरी घाइते भएकी छन् । उनको फत्तेपुर अस्पतालमा उपचार भइरहेको छ । उक्त टिपर र चालक सुनसरी हरिपुर गाउँपालिका–८ का सुनिल दाहाललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ।
२०७८ पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित










