ज्ञवालीको कथा संग्रह ‘अर्को भोर’ सार्वजनिक

काठमाडौँ । केशवराज ज्ञवालीको पहिलो कथा संग्रह ‘अर्को भोर’ सार्वजनिक भएको छ । अमेरिकामा इन्जिनियरिङ पेसमा कार्यरत ज्ञवालीको उक्त कथा संग्रहलाई साहित्यकार तथा पूर्व सांसद नारायण ढकालले लोकार्पण गरेका हुन् ।

शिखा बुक्सले बजारमा ल्याएको कथा संग्रग्रहलाई काठमाडौँस्थित बागबजारको हार्दिक होटलमा एक समारोह आयोजना गरी लोकार्पण गरिएको थियो । लोकार्पण समारोहको सभापतित्व शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल थिए भने आख्यानकार समेत रहेका नारायण ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सुचारु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्रमुख ज्ञानु अधिकारी र त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रमुख युवा समालोचक, कथाकार महेश पौडेल टिप्पणीकारका रूपमा समारोहमा सहभागी भएका थिए । उनले ज्ञवालीको भाषामा मिठोपन भएकोले कथा संग्रह पढ्न पाठक वर्गलाई आग्रह गरे । कथाकारले पारम्परिक मूल्यमान्यतालाई तोडेको समेत अधिकारीले बताए ।

यस्तै अर्का टिप्पणीकार पौडेलले अर्को भोर नामक पुस्तक पठनीय छ/छैन भनी आम पाठकले नै फैसला गर्ने बताए । पौडेलले कथाकारले उज्यालोलाई मुख्य केन्द्रबिन्दु बनाएर लेख्न सफल भएको बताए ।समालोचक ज्ञानु अधिकारीले नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको संकेत पनि रहेको सुनाइन् ।

गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाएको बताइन् । आख्यानकार नारायण ढकालले पनि कथाहरू राम्रा भएको बताए । अर्को भोर कथासंग्रहमा १४ वटा कथाहरू संग्रहीत छन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *