राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को पुस ८ गतेका बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै मन्त्रीपरिषद्ले औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापन समिति विधेयक पेश गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । त्यस्तै हुलाक वस्तुको महसुल दररेट पुनरावलोकन गर्ने र वैदेशिक द्रूत डाँकसेवा (ईएमएस) दस्तुर पुनरावलोकन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले क्रिस्टमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने, संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वस्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =