शिक्षक कुट्ने विद्यार्थी आरआरबाट निस्कासित
२०७८ पुस ९ गते

काठमाडौँ । चिट चोर्न नदिएको भन्दै शिक्षकमाथि कुटपिट गर्ने रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)का विद्यार्थीलाई क्याम्पसले निष्कासन गरेको छ ।
मंगलबार क्याम्पसको आन्तरिक परीक्षामा चिट चोरिरहेको फेला पारेपछि परीक्षामा निरीक्षक बसेका शिक्षक प्रकाश पुडासैनीले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए । त्यही रिसमा उनले शिक्षक पुडासैनीमाथि कुटपिट गरेका थिए।
जेठारा आरआरमै दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी थिए। उनलाई निष्कासन गरेर कानुनी कारबाही पनि अगाडि बढेको क्याम्पसले विज्ञप्ति निकालेर जानकारी दिएको छ। विद्यार्थी जेठाराले स्टिलको जगले शिक्षक पुडासैनीलाई आक्रमण गर्दा पुडासैनीको टाउकोमा सात वटा टाँका लगाइएको थियो।

२०७८ पुस ९ गते
प्रतिक्रिया
सम्बन्धित








