सिटिजन्स बैंकबाट अमेरिकी डलर वितरण सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अमेरिकी डलरको विक्री वितरण सुरु गरेको छ ।

बैंकले हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई मध्यनजर गर्दै साथै ग्राहकहरूको मागलाई पूरा गर्न अमेरिकी डलर आयात गरेको जनाएको छ ।

विभिन्न प्रयोजनका लागी विदेश जानुपर्ने ग्राहकहरूले आवश्यक कागजातहरू बैंकमा बुझाई आफूलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तो सटही सुविधा हाल काठमाडौँ उपत्यकाको दरबारमार्ग , कुमारी पाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँ बजार,भैसेपाटी लगायतका शाखाहरूबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eleven =