प्रदेश १ लाई कुपोषणमुक्त बनाइने

विराटनगर । प्रदेश १ लाई कुपोषणमुक्त प्रदेश बनाउने तयारी शुरू गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले कुपोषणमुक्त प्रदेशका लागि तयारी शुरू गरेको जनाएको हो । कुपोषणमुक्त प्रदेश बनाउने अभियानलाई तीव्रता दिनका लागि कार्य योजना बनाउने निर्णय भएको निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

अभियान सफल बनाउनको लागि पाँचथरमा नमुना परियोजना शुरू गर्ने तयारी गरिएको छ । युनिसेफ र एनट्यागसँगको सहकार्यमा बालबालिकाको पाखुरा नाप्ने, बच्चा जोख्ने, पैरवी, लेखाजोखा लगायतका कार्यक्रम गरिने बस्नेतले जानकारी दिए ।

कुपोषणमुक्त प्रदेशका लागि आवश्यक जनशक्ति अभाव भएकोले त्यस तर्फ समेत काम भइरहेको बस्नेत बताउँछन् । सामाजिक विकास मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रबन्ध गरे अभियानलाई तीव्रता दिइने बताए । प्रदेश सरकारले गत कात्तिकमा सम्पन्न प्रदेश स्तरीय समीक्षा गोष्ठीमा कुपोषणमुक्त प्रदेश बनाउने संकल्प प्रस्ताव पारित गरिसकेको छ।

प्रतिक्रिया

One thought on “प्रदेश १ लाई कुपोषणमुक्त बनाइने

  1. यो अतिनै आबश्यक र महत्वपूर्ण अभियान को रुपमा कार्यक्रम संचालन र सम्पादन गर्नु पर्दछ | हाम्रो प्रदेशमा स्रोत र सृजना नभएको होइनकी त्यसलाई परिचालन र बहन गर्ने सिकाई र निरन्तर अभ्यास नभएर कुपोषण ख्याउटेपनको संख्या न्यून हुन् नसकेको हो |यो कार्यको लागि मोरो तर्फबाट पनि मैले सक्ने र जानेको सहयोग गर्न तयार छु |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =