सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मानित 

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाले नगर स्वास्थ्य चौकी र नगर अस्पताल अन्तर्गत काम गरिरहेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ सम्मान गरेको छ । २०४६ साल अघिदेखि सेवा गरिरहेका स्वयंसेविकाहरुलाइ बिहीबार एक कार्यक्रममार्फत नगद ५० हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको हो ।

गोकर्णेश्वर नगरपालिका भित्रका ११० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले कार्य गर्दै आएको मा ३२ वर्ष सेवा अवधि नाघेका ९ जना र आफ्नो सेवा अवधिमै मृत्यु भएको एक जनासहित १० जनालाई सम्मानसहित बिदाइ गरिएको हो । मृत्यु भएको महिला स्वयंसेविकालाई भने मरणोपरान्त सम्मान गरिएको हो ।

संघीय सरकारबाट प्राप्त रु २० हजारमा नगरपालिकाले ३० हजार थपेर ५० हजार सम्मान राशी पुर्‍याइएको नगर प्रमुख सन्तोष चालिसेले बताए । आगामी दिनमा यो रकम बढाएर १ लाख पुर्‍याउने पनि नगर प्रमुख चालिसेले उल्लेख गरे ।

कार्यक्रममा नगरप्रमुख चालिसे सहित उपप्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुखका साथै नगर कार्यपालिकाका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =