अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले अर्को पटक पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहे राष्ट्रपतिको आगामी निर्वाचनमा  पुनः उम्मेदवार बन्ने बताएका हुन् ।

बुधबार एबीसीवर्ल्ड न्युजसँगको अन्तर्वार्तामा उनले भने, ‘हेर्नुस् अबको चार वर्षपछि पनि म अहिलेजस्तै स्वस्थ रहेँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु ।’

 अमेरिकामा  आगामी राष्ट्रपतीय निर्वाचन सन् २०२४ मा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =