कोरोना संक्रमित बढेपछि चीनको सियानमा ‘लकडाउन’
२०७८ पुस ८ गते

बेइजिङ । कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अपनाएकाे छ ।
सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ ।बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन् ।
आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घर बाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् । सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ ।
२०७८ पुस ८ गते
प्रतिक्रिया
सम्बन्धित








