माओवादी प्रदेश १ काे नेतृत्व चुनावी प्रक्रियाबाट टुङ्गियो, अध्यक्षमा मिक्सो

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ ‘मिक्सो’ निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न निर्वाचनको मतगणनाअनुसार मिक्सो नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत पाए । अध्यक्षमा ७ मत बदर भएको थियो । तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन् ।

सचिवमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए । यस्तै ३ जना सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुङ्गाना (९५) विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ‘गगन’ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *