लिबियामा राष्ट्रपतिको निर्वाचन जनवरीमा सार्ने प्रस्ताव
२०७८ पुस ७ गते

त्रिपोली । लिबियाको राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको छ ।
यही शुक्रबारका लागि तय गरिएको निर्वाचनलाई स्वास्थ्य सङ्कटलगायतका कारण देखाउँदै जनवरी २४ मा गर्नेगरी आयोगले प्रस्ताव गरेको हो ।
राष्ट्रपति निर्वाचनसम्बन्धी कानुनबमोजिम आयोगले मतदानको दिन स्थगनको घोषणा गर्नसक्छ ।
आयोगको आग्रहअनुसार लिबियाली संसद्ले ३० दिनभित्र नयाँ मिति तय गर्नसक्ने संवैधानिक प्रावधान छ । आयोगले संसद्सँग परामर्श गरेपछि पहिलो चरणको निर्वाचनलाई सन् २०२२ को जनवरी २४ का लागि प्रस्ताव गरेको रूसी समाचार संस्था स्पुत्निकले लिबियाली अधिकारीलाई उद्धृत गरी जनाएको छ ।
२०७८ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








