माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छान्न निर्वाचन सुरु

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पदाधिकारी चयनका लागि निर्वाचनमा गएको छ । लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेपछि बुधबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया अघि बढेको हो ।

पदाधिकारी निर्वचनका लागि साँझ ७ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेर निर्वाचन समितिले प्रक्रिया अघि बढाएसँगै ३३ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश कमिटीमा निर्वाचित हुने नौ जना पदाधिकारीका लागि ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले सार्वजनिक गरेको छ ।

एक अध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदमा हर्कबहादुर नेम्वाङ, मुक्साहाङ मेयाङ्बो र कुबेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । तीन उपाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ । एक जना सचिव पदमा गणेश उप्रेती, सिपी कडरिया र विरेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

तीन जना सह-सचिव पदका लागि १४ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =