बिहीबार ‘प्रेसिडन्सियल आइटी कन्क्लेभ २०२१’ आयोजना हुँदै

काठमाडौँ । शिक्षा क्षेत्रमा एक परिचित संस्था प्रेसिडेन्सियल बिजनेस स्कुलले आइटी कन्क्लेभ २०२१ को आयोजना गर्ने भएको छ ।

होटेल याक एन्ड यतीमा  बिहीबार आयोजना हुने कन्क्लेभमा ३ महत्त्वपूर्ण प्यानल सेसनहरू सञ्चालन हुने जनाएको छ ।

दोस्रो संस्करणको रूपमा आयोजना हुन लागेको कन्क्लेभमा पछिल्लो समयका प्रविधिहरू र त्यसले ल्याएको व्यावसायिक परिवर्तन बारे छलफल गरिनेछ ।

कार्यक्रममा आइटी उद्योगको भविष्य र यसले आउँदा दिनमा समाज तथा कार्यक्षमतामा पार्ने प्रभाव जस्ता विषयवस्तुमा पनि प्यानल डिस्कसन सञ्चालन गरिने कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।

त्यस्तै गरी कार्यक्रममा विभिन्न क्षेत्रको मानिसहरूलाई आइटी उद्योगको महत्व र यसले सिर्जना गर्ने रोजगारीको अवसरबारे जानकारी दिइने छ ।

आइटी पढ्न खोज्ने तथा यस क्षेत्रमा करियर बनाउन खोजीरहेका र आइटीका इमर्जिङ ट्रेन्ड र रिसर्चमा चासो राख्नेहरूको लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने कलेजका आइटी प्रोग्राम संयोजक सुरेश मानन्धरले बताए ।

तीन विभिन्न चरणमा हुने यस कार्यक्रममा पहिलो सेसनको छलफलमा एसोसियट प्रोफेसर डा. बालकृष्ण बल, डा. विशेष खनाल, एसोसियट प्रोफेसर डा.सञ्जीव प्रसाद पाण्डे र प्रनिता कार्की रहेका छन् ।

दोस्रो सेसनमा दृष्टि कन्साकार, प्रकाश अर्याल, यास्मिन भट्टराई र राजन कोइराला रहेका छन् भने अन्तिम सेसनका लागि प्रमोद पराजुली, रुचिन सिंह, डा.भोगेन्द्र मिश्र र मोना न्याच्छ्योनको सहभागिता रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *