ललिता निवास प्रकरणका आरोपित सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणका मुख्य आरोपित रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरी अदालतमा पेश गरिएकोमा काठमाडौँ जिल्ला अदालतले उनीहरूलाई पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइएको अदालतले जनाएको छ ।

सुवेदीलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणका एक योजनाकारका रुपमा चित्रित गरिँदै आइएको छ । अब उनीहरूमाथि थप अनुसन्धान गरी प्रमाण संकलन गरेर मुद्दा दायर गरिने ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =