ललिता निवास प्रकरणमा मुछिएका दम्पती पक्राउ

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी छन् । माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरू ललिता निवास प्रकरणका मुख्य ठेकेदार (बिचौलिया) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

उनीहरू लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिए ।

सीआईबीको अनुसन्धानले सुवेदीदम्पतीसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + ten =