प्राइम बैंकको साधारण सभा सम्पन्न
२०७८ पुस ७ गते

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
उक्त साधारण सभाले आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशका दरले हुने २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद १ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको जनाएको छ । विष्ट यसअघि पनि बैंकको सञ्चालक थिए।
२०७८ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








