‘सिर्जना र अनुभूति’ भावकीय संवाद सम्पन्न

काठमाडौँ । ‘सिर्जना र अनुभूति’ भावकीय संवाद सम्पन्न भएको छ ।  कौशलटारमा रहेको रिडर्स हब कफि सपमा मंगलबार स्रष्टा दम्पती सीता-राजेन्द्र अर्यालकृत ‘अनुपमा’ गीत सङ्ग्रह र ‘आजको मान्छे’ कविता सङ्ग्रहमाथि भावकीय संवाद सम्पन्न भएको हो ।

सङ्गीतकार दीपक जंगमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापा प्रमुख आतिथि थिए । प्राडा. कुमार कोइराला, तुलसीहरि कोइराला, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, भाषाविद् शरच्चन्द्र वस्ती, डा. राजुबाबु श्रेष्ठ, राधेश्याम ढकाल, डा. प्रदीप मैनाली, कथाकार मन्दिरा मधुश्री तथा गीता रेग्मीले स्रष्टा दम्पतीका कृतिमाथि आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ लेखक अरुण शर्मा, केशवबाबु अर्याल, रूपा हुमागाईँ, रिश्मा थापा, मोहित जोशी, सानु पौडेल, शिवराज अर्याल, सूर्य बिसी, निश्चल नेपाल, नीलाम्बर शर्मा, प्रजापति तिम्सिना, दलवीर सिंह घायल, रामबाबु रेग्मी, सरिता रेग्मी, दीक्षा बस्तीलगायतको उपस्थिति रहेको थियो ।

रेडियो प्रस्तोता रिश्मा थापाले फूल माला लगाएर शुरू भएको कार्यक्रममा रीडर्स् हबका सञ्चालक जोडी वन्दना-अनूपले अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा स्रष्टा दम्पतीले आ-आफ्ना रचना वाचन गरेर सुनाउनुका साथै आफूहरू अमेरिकामा प्रवासी जीवन बिताउँदै गर्दा नेपाली साहित्यको सेवामा समर्पित रहेको भावना व्यक्त गर्दै समस्त सहभागीहरूमा हार्दिक आभार व्यक्त गरे ।

कार्यक्रमको छायाङ्कन दलवीर सिंह घायलले गरेका थिए भने संयोजन सिर्जना र अनुभूतिका संयोजक सनतकुमार वस्तीले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *