होस्टेलमा ६ वर्षीय बालकको लिङ्ग बाँधेर यातना दिने वार्डेन पक्राउ

कास्की । विद्यालयको होस्टेलमा बस्ने बालकको लिङ्ग बाँधेर यातना दिने होस्टेल वार्डेन जानुका नेपालीलाई बालबालिका कसुरमा प्रहरीले पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याइएको र अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

नेपालीलाई पक्राउ गरी पाँच दिनकाे म्यादसमेत थप भएकाे डीएसपी तिवारीले बताए ।

पढ्नका लागि होस्टेल बसेका डोल्पाका ५ वर्षीय एक बालकलाई वार्डेन नेपालीले नै पिसाब गर्ने लिङ्ग बाँधिदिएको थाहा पाएपछि होस्टेल सञ्चालक गणेश परियारले मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिकाविरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए ।

यो पनि
ओछ्यानमा पिसाब फेरेको भन्दै वार्डेनले बालकको लिङ्ग बाँधिदिएपछि…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *