प्रदेश १ को मन्त्रिपरिषद् बैठक सम्पन्न, के के भए निर्णय ?

विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकको सो निर्णयपछि प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा रु १ करोड र समानुपातिक प्रदेशसभा सदस्यले रु ५० लाख खर्च गर्न पाउने कानूनी बाटो खुल्ने सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिए ।

प्रदेशसभाको बैठकमा लगभग सबै सदस्यले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमले निरन्तरता पाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *